काठमाडौं– रसुवको धुन्चेबाट २ किलो सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाईगुण्ड गाउँपालिका–१ स्थायी घर भएका निमा दोर्जे तामाङ रहेका छन् ।
जिल्ला सदरमुकामा धुन्चेमा नियमित चेकजाँचका क्रममा निमा दोर्जे तामाङलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख (डीएसपी) सन्तोष तामाङले रातोपाटीलाई जानकारी दिए ।
स्याफ्रुबाट काठमाडौं जाँदै गरेको ना.१ज. ६१७६ को टाटासुमोमा सवार यात्रु निमा दोर्जेको साथबाट लुकाईछिपाई ल्याएको दुई किलो सुन बरामद गरेर आवश्यक अनुसन्धान शुरु गरिएको डिएसपी तामाङले बताएका छन् ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस