काठमाडौं । २ दिन अगाडी ७ वर्षको बच्चामा कोरोना संक्रमण देखिएको नेपालगन्जमा आज (मंगलबार) ९ वर्षिया बालिकामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज थपिएका ७ जना कोरोना संक्रमित मध्ये एक जना ९ बर्षीया बालिका पनि रहेको पुष्टि गरेका छन् । उनले नेपालगञ्जमा थपिएका ७ जनामध्ये एक जना ९ बर्षीया बालिका पनि रहेको जनाएका हुन् ।
नेपालमा सानो उमेरमा कोरोना पुष्टि भएको यो दोश्रो घटना हो । यस अघि पनि नेपालगञ्जकै ७ बर्षीया बालकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।
बालबालिकाहरुमा पनि कोरोना संक्रमण हुन थालेपछि अभिभावकहरुमा डर पैदा हुन थालेको छ । यसै सन्दर्भमा जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले बालबालिकालाई कोरोनाबाट कसरी जोगाउने भन्ने बारेमा एक जानकारी दिनुभएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस