साउदीमा हुनुहुन्छ ? गैरकानूनी र अकमाको म्याद सकिएको भए तुरुन्त सम्पर्क गर्नुहोस् यी नम्बरहरुमा

साउदी - सिधा मिडिया संवाददाता
    २३ बैशाख २०७७, मंगलवार ११:४७  मा प्रकाशित
75 जनाले पढ़िसके

प्रतिक्रिया




    साउदी / साउदीमा कोरोना संक्रमणको महामारी शुरुहुनु भन्दा अगाडि नै अकमाको म्याद सकिएका, नवीकरण नगरिएका वा ५ महिना भन्दा लामो समयसम्ममा अकमा नबनाइएका, भगौडा भएका तर कुनै केस नलागेका वा अन्य कुनै कारणले गैरकानूनी हैसियतमा पुगेका नेपालीहरुका संख्या दैनिक बढ्दै गएको साउदीस्थित नेपाली दूताबासले जनाएको छ ।

    यी सबै समस्या भएका नेपाली कामदारहरुलाई प्राथमिकतासाथ आफ्नो नाम, जिल्ला, पासपोर्ट नम्वर, पुरानो इकामा नम्वर, बोर्डर नम्वर, काम, काम गरेको अवधि र अनुभव, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावरको नाम लगायतका विवरण टिपाउन दूताबासले अनुरोध गरेको छ ।

    यो सूचनालाई टेलिफोन, सामाजिक संजाल लगायतका उपायहरुबाट धेरै नेपालीहरुबीच पुर्याउन सहयोग गरिदिन गैर आवासीय नेपाली संघ, क्रियाशील नेपाली संघसंस्था, अनलाइन मिडियाका प्रवन्धक एवं प्रतिनिधिहरुलाई दूताबासले अपिल गरेको छ ।

    कुनै पनि महिला, अशक्त विरामी भई नियमित औषधी सेवन गरिरहेका तथा कुनै दुर्घटनामा परी घाइते भएको अवस्थामा रहेकाहरुले समेत प्राथमिकताका साथ आफ्नो विवरण टिपाउन दूताबासले अनुरोध गरेको छ ।

    साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २८,६५६ पुगेको छ । सोमबार मात्र थप १,६४५ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ४,४७६ जना निको भएर घर फर्किएका छन् ।

    अहिलेसम्म १९१ जना संक्रमितको मृत्यु भैसकेको छ । आप्रवासी कामदारहरुमा संक्रमणको दर उच्च देखिएकोले व्यापक सावधानीका लागि साउदी सरकारले अनुरोध गरेको समेत दूताबासले जनाएको छ । दूतावासका टेलिफोन नम्वरहरु ०५०००३१७०५, ०५०००३४७८६ मा सम्पर्क गर्न सकिने छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस