कोरोनाबाट खोटाङकी ३२ वर्षीय युवतीको मृत्यु

बेलायतमा बस्दै आएकी ३२ वर्षीया नेपाली मूलकी युवतीको मृत्यु
सिधा मिडिया संवाददाता
    २३ बैशाख २०७७, मंगलवार १६:२८  मा प्रकाशित
67 जनाले पढ़िसके

प्रतिक्रिया




    खोटाङ / कोरोना भाइरसको संक्रमणबाट खोटाङ जिल्ला ऐसेलुखर्क पुर्ख्यौली घर भई हाल बेलायतमा बस्दै आएकी ३२ वर्षीया नेपाली मूलकी युवतीको मृत्यु भएको छ ।

    बीमा नाछिरिङ राईको म‌ंगलबार जर्ज इलिट अस्पतालमा मृत्यु भएको हो । उनी पूर्व गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी हुन् । उनी गत वर्षमात्रै युके पुगेकी थिइन् ।

    मिर्गौलाकी बिरामी राईलाई कोरोना संक्रमण भएपछि एक साताअघि सो अस्पताल भर्ना गरिएको थियो । उनको परिवारमा बाबा, आमा र एक बहिनी मात्र छन् । उनी अहिलेसम्ममा युकेमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीहरूमा सबैभन्दा कम उमेरका नेपाली हुन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस