ज्योतिष हरिहर भन्छन् असार २१ देखि कोरोना अन्त्य, प्रमुख व्यक्तिहरुलाई हानी

उनले सार्बजनिक भिडियोमा महामारीको रुप
ज्योतिष - हरिहर अधिकारी
    २३ बैशाख २०७७, मंगलवार १६:५३  मा प्रकाशित
99 जनाले पढ़िसके

प्रतिक्रिया




    यतिबेला कोरोनाका कारण नेपाल मात्र हैन विश्व नै अस्तव्यस्त बनेको छ । यस्तो अवस्था आईरहदा नेपाल लकडाउनमा छ । यो अब कहिले खुल्ने भन्ने टुङ्गोमा छैन । बैसाख १५ गते सम्म गरिएको लकडाउन अहिले थपिएर बैसाख २५ गते सम्म पुगेको छ । यो क्रम निरन्तर रुपले बढिरहेको अवस्था छ ।

    यता अभिनेता समेत रहेका ज्योतिष हरिहर अधिकारीले विश्वको भविष्यवाणी गरेका छन् । उनले कोरोनाको अन्त्यको बारेमा पनि बताएका छन् । उनले सार्बजनिक भिडियोमा महामारीको रुपमा विश्वभर फैलिएको कोरोना आगामी असारको २१ गतेबाट अन्त्य हुनसक्ने सम्भावना रहेको बताएका छन् । उनले संगै भनेका छन् “२०७७ साल भरि नै संसारभरका देशका प्रमुख व्यक्तिहरुलाई हानी” हुनेछ ।

    त्यसमा पनि कुनै पनि देशको पूर्वी भाग र उत्तरी भागमा बढि समस्या आउने सम्भावना रहेको उनले बताए । यस्तै उनले मङ्सिर महिनाको भविष्यवाणी गर्दै विश्वमा फेरी अर्को समस्या उत्पन्न हुने बताएका छन् । उनले भनेका छन् “एक देश र अर्को देश बिचको दुष्मनी बढ्ने छ” । यस्तै माघ र फागुन महिनामा पनि एक देश बाट अर्को देशलाई धम्कि दिने जस्ता कार्य हुने बताए ।

    यता उनले मनोरन्जनको क्षेत्रको बारेमा पनि भविष्यवाणी गर्दै २०७७ सालको मङ्सिर पछाडि केहि सकारात्मक परिवर्तन आउन सक्ने अवस्था रहेको बताए भने यो सालमा धर्ममा पनि उतारचाढाब आउने छ । उनले २०७६ सालको पनि भविष्यवाणी गरेका थिए, जहा उनले एउटा नया रोगको पत्ता लाग्ने छ भनेका थिए । जुन अहिले विश्वले भोगिरहेको छ । उनले अन्त्यमा भनेका छन् २९ अप्रिलमा विश्व ध्वस्त हुने हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् । यो कुनै पनि आधिकारिकता नभएकाले यस्ता कुराको पछाडि नलाग्न भनेका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस