आफ्नै १६ वर्षकी श्रीमतीलाई जेठाजूको हातमा सुम्पिएपछि…

    २३ बैशाख २०७७, मंगलवार १७:०१  मा प्रकाशित
903 जनाले पढ़िसके








कैलाली / कैलालीको गौरीगंगा नगरपालिकामा जबरजस्ती करणी गर्न खोज्ने जेठाजू र सघाउने श्रीमान पक्राउ परेका छन्। १६ वर्षीय श्रीमतीलाई जबरजस्ती करणी गर्न सघाएको भन्दै श्रीमानसहित करणी गर्ने खोज्ने जेठाजूविरूद्ध परेको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

जिस्काउने र संवेदनशिल अंग छुन खोज्ने जेठाजूले वैशाख १५ गते बेलुकी खाना खाई सकेपछि उनका श्रीमानलाई बिरालो मार्न जाऊ भनी घरबाट पठाइ राति साढे ११ बजेको समयमा जबरजस्ती करणी गर्न खोजेको भन्दै पीडित र माइती पक्षले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा प्रहरीले दुवैलाई पक्राउ गरेको हो।



उजुरीमा ती पीडितले घटना कसैलाई बताए आफूलाई मारिदिने समेत धम्की दिएको उल्लेख गरेकी छन्। ‘अर्को दिन फेरि श्रीमान र जेठाजु मिली कुटपिट गरेको र श्रीमान समेतले मलाई जेठाजूबाट जबरजस्ती करणी गराउन सहयोग गरेको हुँदा कारबाही गरी पाउँ’ भनी जाहेरी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस