कोशी अस्पतालबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज - सिधा मिडिया






कोशी अस्पतालबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज

प्रदेश १ मा ३५ जना कोरोना संक्रमित थिए ।
    २८ बैशाख २०७७, आईतवार २२:४९  मा प्रकाशित
222 जनाले पढ़िसके









विराटनगर । प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । आइतबार दुई जना कोरोनामुक्त भएर घर फर्किएसँगै प्रदेश १ मा निको हुनेको संख्या १६ पुगको हो ।

आइतबार भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह्रदशीका ४० बर्षीय पुरुषले कोरोनालाई जितेर घर फर्किएका हुन् । प्रदेश १ मा ३५ जना कोरोना संक्रमित थिए । यतिबेला कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १९ जना उपचाररत रहेका छन् । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यस्तै प्रदेश सरकारले कोरोना परीक्षणको दर समेत बढाएको छ । यतिबेला प्रदेश १ मा पिसीआर र आरडीटी दुबै बिधिबाट परीक्षण भइरहेको छ । पिसिआर तीन ठाउँबाट भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । पिसिआरबाट २ हजार १ सय ४० जनाको परीक्षण भएको छ । जसमा २ हजार १ सय १ जनाको नेगेटिभ देखिएको छ । त्यस्तै आरडीटीबाट ७ हजार ७ सय ३७ जनाको नमूना परीक्षण भएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस