आफ्ना ३० जना नागरिक लिन काठमाडौं आइपुग्यो पाकिस्तानी विमान

    ३० बैशाख २०७७, मंगलवार १४:००  मा प्रकाशित
149 जनाले पढ़िसके








काठमाडौं : पाकिस्तानले आज विमान चार्टर गरी नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश लैजादैछ। पाकिस्तानको कराँचीबाट विहान पौने दश बजे पाकिस्तान अन्र्तराष्ट्रिय एयरलायन्सको विमान काठमाडौं आइपुगेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। पाकिस्तानी राजदुतावासले चार्टर गरेको विमानले ३० जना आफ्ना नागरिक लिएर विहान पौने एघार बजे स्वदेश फर्कने क्षेत्रीले बताए। लकडाउनका कारण नेपालमा रोकिएका विभिन्न देशका नागरिले उनीहरुकै देशको दुतावासका पहलमा स्वदेश फर्काइरहेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस