मन्त्री पद्मा अर्याललाई गृह जिल्ला स्याङ्जामा वहिष्कारको घोषणा ,चापाकोटमा पुत्ला जल्यो - सिधा मिडिया






मन्त्री पद्मा अर्याललाई गृह जिल्ला स्याङ्जामा वहिष्कारको घोषणा ,चापाकोटमा पुत्ला जल्यो

शरिरमा दुई थोपा रगत रहेसम्म नेपालको झण्डा र नक्सा सहित नेविसंघ स्याङ्जा चरणवद्ध आन्दोलन गर्ने
    ३० बैशाख २०७७, मंगलवार १९:३४  मा प्रकाशित
159 जनाले पढ़िसके









स्याङ्जा । नेपाल विद्यार्थी संघ नेबिसंघ स्याङजाले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको राजीनामा मागेको छ । संघका जिल्ला अध्यक्ष अजित क्षेत्रीले विज्ञप्ति जारी गर्दै गैर जिम्मेवारी अभिव्यक्ति दिएकोप्रति घोर भत्सर्नासहित तत्काल जनता समक्ष माफ माग्न र नैतिकताको आधारमा राजीनामा दिन माग गरेको हो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै मन्त्री अर्यालले लिम्पियाधुरा इतिहासदेखि नै नेपालको नक्साभित्र नरहेको अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको छ ।

यहि अभिव्यक्तिको विरोधमा स्याङ्जाको चापाकोट नगरपालिकामा मन्त्री पद्मा अर्यालको पुत्ला समेत जलाईएको छ ।

नेपाल तरुण दल र नेपाल विद्यार्थि संघ चापाकोट

नेपाल तरुण दल र नेपाल विद्यार्थि संघ चापाकोटले गैर जिम्मेवार अभिव्यक्ती दिएको र सीमा विवाद समाधानमा कुनै पहल नगरेको भन्दै मन्त्री अर्याल र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएकाछन् ।

मन्त्री पद्मा अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेकका संन्दर्भमा विवादास्पत भनाई दिई नेपालको त्यस क्षेत्र नेपालको नक्सामा थिएन, भन्ने भनाई संचारमाध्यममा सार्वजनिक भएको भन्दै सरकारको बिरुद्ध चापाकोट तरुणदल र नेबिसंघले संयुक्त रुपमा बिरोध जूलूस सहित पुत्ला जलाइएकाे तरुण दलका नेता विश्वास पुरीले जानकारी दिनुभयाे

‘मुलुकको जिम्मेवार भूमि ब्यबस्था मन्त्री अर्यालले पटक पटक राष्ट्रियता, स्वाधिनता र सीमा रक्षाको सवालमा पदिय जिम्मेवारी र नागरिक उतरदायित्वको समेत अवमुल्यन गर्दै, लिम्पियाधुरा कहिलै नभएको त, कहिले नेपाली महाकाली पारीका भूमि नेपालको नक्सामा समाबेश गर्न अवस्थाले नदिएको भन्ने जस्तो गैर जिम्मेवारी अभिव्यक्ति दिएकोप्रति नेपाल बिद्यार्थी संघ स्याङ्जाले घोर भत्सर्ना गर्दै तत्काल जनता समक्ष माफी माग्न र नैतिकताको आधारमा राजीनामा दिन माग गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नेविसंघले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने मंन्त्री नसच्चिएसम्म र राष्ट्रियता जस्तो गम्भीर सवालमा खेलवाड गर्ने मन्त्रीको सबै कार्यक्रम नेबिसंघ स्याङ्जाले बहिष्कार गर्ने घोषणा समेत गरेको छ । भारतले नेपाली भुमी कालापानी मिची चीन जोड्ने सडक हालै उद्घाटन गरेको र चीनले समेत सोही मार्ग प्रयोग गरि चीन भारत ब्यापार गर्ने सम्झौता गरेको प्रती नेपाल बिद्यार्थी संघ खेद प्रकट गरेको छ । नेपाली भुमी तत्काल फिर्ताका लागि आवश्यक पहल गर्न सरकार समक्ष माग पनि गरेको छ ।

नेपाल सरकारले तत्काल कुटनैतिक पहल र अन्तर्राष्ट्रिय अदालतमा मुद्धा लैजाने सम्मको कार्यमा विलम्व गरेमा शरिरमा दुई थोपा रगत रहेसम्म नेपालको झण्डा र नक्सा सहित नेविसंघ स्याङ्जा चरणवद्ध आन्दोलन गर्ने संघका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस