BREAKING:थप १७ जनामा कोरोना देखियो, संक्रमितकाे संख्या २०८ पुग्याे - सिधा मिडिया






BREAKING:थप १७ जनामा कोरोना देखियो, संक्रमितकाे संख्या २०८ पुग्याे

    ३० बैशाख २०७७, मंगलवार १९:५५  मा प्रकाशित
225 जनाले पढ़िसके









आज (मंगलबार) थप १७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए। आज यसअघि ५७ जनामा पुष्टि भएको थियो।

नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। नयाँ संक्रमित कुन जिल्लाका हुन र उनीहरुको उमर समूह के हो भन्नेबारेमा थप विववरण केही समयपछि दिनेछौं ।

स्वास्थ्य मन्त्रालयले भने नयाँ सक्रमित १७ जनाको केहीवेरमा आधिकारिक घोषणा गर्ने जनाइएको छ । एकैदिन ७४ जना संक्रमित भएको यो पहिलो घटना हो ।

त्यस्तै कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी भएको बताइएकाे छ । कपिलवस्तुमा आज भेटिएका ८ कोरोना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी भएको बताइएकाे हो । स्वास्थ्य मन्त्रालयको कोरोना रिपोर्टमा कपिलवस्तुकी एक २५ वर्षीया युवती कोरोना संक्रमित भनिएको छ । ती कोरोना संक्रमित युवती कपिलवस्तु अस्पताल तौलिहवाकी स्टार्फ नर्स भएको बताइन्छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस