भारतले खनेको बाटो भारतलाई नै भाडामा दिन सकिन्छः प्रधानमन्त्री ओली - सिधा मिडिया





भारतले खनेको बाटो भारतलाई नै भाडामा दिन सकिन्छः प्रधानमन्त्री ओली

    १ जेष्ठ २०७७, बिहीबार १२:३८  मा प्रकाशित
289 जनाले पढ़िसके








काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पक्षले खनेको बाटो भाडामा दिन सकिने बताएका छन् ।

बुधबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले लिपुलेकमा भारतले खनेको बाटो भारतलाई नै भाडामा दिन सकिने तर नेपालको भूभाग छोड्न नसकिने बताएका हुन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको जानकारी अनुसार बुधबारको बैठकमा ओलीले भारतसँग कुटनीतिक तवरले नै कालापानी, लिपुलेक, लिम्पियाधुराको विषय टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए ।

सांसद् सुवालले भारतले एकतर्फी सडक खनेको विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लैजान भन्दा ओलीले कुटनीतिक तबरले वार्ता सुझाउनुपर्नेमा जोड दिएको बताए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस