वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको खोप उपलब्ध भएपछि वितरण गर्न सेनालाई परिचालन गरिने बताएका छन् ।
२०२० को अन्त्यमा खोप वितरण गर्न सक्षम हुने भन्दै उनले यसका लागि सेनालाई तयार पारेका हुन् । ‘तपाईँलाई थाहा छ, यो खोप दिने काम ठूलो हो, हाम्रो सेना यसका लागि परिचालन हुन्छ । वर्षको अन्त्यमा हामी धेरै भन्दा धेरै जनताहरुलाई तिव्र रुपमा यो वितरण गर्नेछौँ,’ फक्स न्युजका लागि अन्तर्वार्तामा ट्रम्पले भने ।
२०२० को अन्त्यसम्ममा खोप तयार भइसक्ने ट्रम्पको विश्वास छ । र यसको वितरण अमेरिकाले गर्ने उनको भनाइ छ । ह्वाइट हाउसले ३०० मिलियन खोप पहिलो चरणमा तयार गर्ने लक्ष्य बनाएको पनि बताइएको छ ।
(यो खबर Source : AnnapurnaPost बाट साभार गरिएको हो ।)
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस