कोरोनाबाट धुलिखेलमा मृत्यु भएकी महिलाको शव पशुपतिमा [तस्बिरहरु] - सिधा मिडिया





कोरोनाबाट धुलिखेलमा मृत्यु भएकी महिलाको शव पशुपतिमा [तस्बिरहरु]

    ३ जेष्ठ २०७७, शनिबार २२:२४  मा प्रकाशित
174 जनाले पढ़िसके








काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) बाट काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शव पशुपति आर्यघाट ल्याइएको छ । नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर अन्त्येष्टिका लागि पशुपति ल्याइएको हो । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरिसकेको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो । शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने छ

जिल्ला प्रशासन कार्यालय काभ्रेले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार उनको अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको हो । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको बिहीबार धुलिखेलमा मृत्यु भएको थियो । मृत्युपछि अस्पतालमा दुई पटक पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको थियो । थप परीक्षण गर्न उनको स्वाब शनिबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस