तत्काल एमसीसी पास गर्नुपर्छः सभापति देउवा - सिधा मिडिया






तत्काल एमसीसी पास गर्नुपर्छः सभापति देउवा

    ४ जेष्ठ २०७७, आईतवार ०७:३५  मा प्रकाशित
192 जनाले पढ़िसके









प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न सरकारलाई सुझाव दिएका छन् ।

बालुवाटारमा जारी सर्वदलिय बैठकमा पूर्वप्धानमन्त्रीसमेत रहेको देउवाले एमसीसीमा कुनै विवाद नरहेकाले तत्काल सदनबाट पास गराउनुपर्ने बताएका छन् ।

उनले भने, ‘सरकार अविछिन्‍न उत्तराधिकारी हुने भएकोले अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन नगर्ने भन्ने हुँदैन । अघिल्लो सरकारले गरेको सम्झौता अनुसार नै एमसीसी पास गरिनुपर्छ ।’

सत्तारुढ दल नेकपाभित्र एमसीसी परिमार्जनसहित पास गर्नुपने आवाज उठिरहेका बेला सभापति देउवाको यस्तो भनाई बाहिर आएको हो ।

४ महिनाअघि दाङमा भएको एक कार्यक्रममा देउवाले भनेका थिए ‘एमसीसी पास गर्नका लागि कडा मेहनत गर्ने छु।’

उनले यो परियोजना आफु नेतृत्वको सरकारका पालामा सम्झौता भएको भन्दै यसलाई धेरै राम्रो योजनाका रुपमा अर्थ्याएका थिए । आफ्नो पालामा भएको सम्झौतालाई आँफूले जसरी पनि पास गराउनका लागि पहल गर्ने उनको भनाई थियो।

‘यो परियोजनाको प्रकृया मेरो पालामा भएको हो, मेरो पालामा भएको यो परियोजनालाई जसरी पनि पास गराउनु पर्छ,’उनले भने ‘यो बिषयमा अरु दायाँ बायाँ केहि हुँदैन।’

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस