कोरोना भाइरस कोभिड-१९ संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिला सावित्री तिमल्सिनाको आजै राति पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
उनको विद्युतीय शवदाहमा दाहसंस्कार गरिएको स्रोतले जनाएको छ । काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका, राम्चेकी २९ वर्षीय महिलाको शव सुरक्षाकर्मीको स्कर्टिङमा एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो ।
विश्वभर महामारीको चपेटामा परेर ज्यान गुमाउने पहिलो नेपाली महिलाको तस्विर समेत सार्बजनिक भएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस