क्वारेन्टिनमा मृत्यु भएका युवाको कोरोना पोजेटिभ, नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु

    ४ जेष्ठ २०७७, आईतवार १९:३०  मा प्रकाशित
311 जनाले पढ़िसके








बाँके / बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । उनकाे भेरी अस्पतालमा गरिएको परीक्षणमा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरेका छन् ।

योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।



© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस