कालीगण्डकी नदीमा डुबेर पाल्पा रामपुर १० शिखरडांडाका २ बालक बेपत्ता

कालीगण्डकी नदी धमिलो भएकोले खोजी कार्यमा कठिनाई
सिधा मिडिया संवाददाता
    ४ जेष्ठ २०७७, आईतवार २१:२९  मा प्रकाशित
90 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जा- कालीगण्डकी नदीमा डुबेर पाल्पाका दुईजना बालक बेपत्ता भएका छन्।

    पाल्पाको रामपुर नगरपालिका वडा नंं १० शिखरडांडाका २ बालक रामपुरको मलौटे घाटबाट बेपत्ता भएका हुन्।

    बेपत्ता हुनेहरुमा रामपुर नगरपालिका वडा नंं १० का १० वर्षीय सुनिल भट्टराई र सोही ठाउँका ८ वर्षीय समिर चापागाईं रहेको वडा अध्यक्ष लिलबहादुर गाहाले जानकारी दिए।

    ईलाका प्रहरी कार्यालय रामपुरले बालकको खोजी कार्यको लागि सो क्षेत्रमा प्रहरी खटाएको जनाएको छ। कालीगण्डकी नदी धमिलो भएकोले खोजी कार्यमा कठिनाई भएको वडा अध्यक्ष गाहाले बताए।

    रामपुर नगरपालिका वडा नंं १० शिखरडांडाका ५ जना बालकहरु लकडाउनको समयमा बाख्रा चराउन गण्डकी किनार गएका थिए। दुई जना बालक नदीमा नुहाउने क्रममा वेपत्ता भएपछि सँगै गएका बालकहरु घरमा आई अभिभावकलाई खवर गरेका थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस