जेठ २० सम्म लकडाउन थप्ने सरकारको निर्णय - सिधा मिडिया





जेठ २० सम्म लकडाउन थप्ने सरकारको निर्णय

    ४ जेष्ठ २०७७, आईतवार २२:०२  मा प्रकाशित
222 जनाले पढ़िसके








सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउन जेठ २० सम्म निरन्तरता दिने भएको छ ।

आज प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जेठसम्म लकडाउन थप्ने निर्णय गरेको हो । पछिल्लो पटक थपेको लकडाउन भोलि राति सकिदै छ ।

यसअघि आज नै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन बढाउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको थियो ।

नेपालमा हालसम्म १ सय ९५ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३६ जना उपचारपछि घर फर्किँदा २ जनाको मृत्यु भएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस