नेपालमा थप ९ जनामा कोरोना पुष्टि

    ५ जेष्ठ २०७७, सोमबार १३:५२  मा प्रकाशित
178 जनाले पढ़िसके








काठमाडौँ । नेपालमा आज थप ९ जनामा कोरोना (काेभिड १९) पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिको परीक्षणमा ९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार संक्रमित हुनेहरुमा, रौतहटको इशनाथ नगरपाकिा २,३, ६, ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुषहरु र माधवनारायण–३ निवासी २८ वर्षीया महिला रहेका छन् ।



यस्तै, बाराको कलैयामाई–३ निवासी ३८ वर्षीय पूरुष पनि काेराेना संक्रमित भएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ।

संक्रमित मध्ये ३६ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने २ जनाको ज्यान गएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस