स्याङ्जा । चापाकोट नगरपालिकाका (मेयर) नगर प्रमुख शिवकुमार गिरीको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं लगिएको छ । आज मंगलबार बिहान करिब ९ बजेतिर उच्च रक्तचापका बिरामी मेयर गिरी आफ्नै घरमा अचानक ढलेपछि उनलाई स्थानीय चापाकोट अस्पतालमा भर्ना गरिएको थियो ।
मेयर शिवकुमार गिरीको थप उपचारका लागि बिहान ११ः२० बजे प्रभुको हेलिकप्टरमार्फत काठमाडौं स्थित ग्राण्डीसिटीमा लगिएको नेपाली कांग्रेस चापाकोटका एक नेताले सिधा मिडिया लाई जानकारी दिए ।
हाल यो खबर तयार पार्दा सम्म नगर प्रमुख शिवकुमार गिरी होसमा आएको र स्वास्थ्य अवस्था सामान्य रहेको साथै थप उपचार काठमाडौं स्थित ग्राण्डीसिटीमा भईरहेको जानकारी दिए ।
चापाकोटका नगरप्रमुख शिब कुमार गिरि
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस