स्याङ्जामा पहिलोपटक दुई जनालाई देखियो कोरोना, संक्रमितको संख्या ७ सय ३० पुग्यो !

संक्रमित दुबै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा
    १३ जेष्ठ २०७७, मंगलवार १४:१०  मा प्रकाशित
328 जनाले पढ़िसके








स्याङ्जा – भारतबाट आएका स्याङ्जा वालिङका दुई जना युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।  ६ दिनअघि नयाँदिल्लीबाट आएका उनीहरूको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

संक्रमित दुबै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको छ।



स्याङ्जामा यसअघि संक्रमण भेटिएको थिएन। संक्रमित देखिएका दुबै युवकलाई भारतबाट आउनुबित्तिकै सिधै क्वारेन्टिनमा राखिएको वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँणले जानकारी दिए।

योसँगै नेपालमा संक्रमितको संख्या ७ सय ३० पुगेको छ। आजै बिहान सुर्खेतमा १२, बारामा ५ र रौतहटमा २२ जना संक्रमित थपिएका हुन्।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस