स्याङ्जाको गल्याङमा थपः २ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ७ पुग्यो ! - सिधा मिडिया





स्याङ्जाको गल्याङमा थपः २ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ७ पुग्यो !

गण्डकीमा संक्रमितको संख्या २४ पुग्यो
    १८ जेष्ठ २०७७, आईतवार १३:०७  मा प्रकाशित
798 जनाले पढ़िसके








स्याङ्जा — गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पीसीआर परीक्षणमा स्याङ्जाका २ र तनहुँका एक जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

तनहुँमा भने पहिलोपटक कोरोना संक्रमण देखिएको हो । प्रदेशका बागलुङ, म्याग्दी, स्याङ्जा, पूर्वी नवलपरासी र लमजुङमा यसअघि कोरोना संक्रमित भेटिएका थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाको गल्याङ नगरपालिका ठेगाना भइ सोही ठाउँमा क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका दुई पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । यसैगरी तनहुँको रिसिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका २८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदबिन्दु शर्माले बताएका छन ।

यसैबीच बागलुङका १९ र ६५ वर्षका दुई महिला र लमजुङका ३ वर्षीय बालक भने उपचारपछि निको भएर घर फर्किएका छन । बागलुङमा ८, स्याङजामा ७, पूर्वी नवलपरासीमा ६ र म्याग्दी, तनहुँ र लमजुङका एकएक जनामा कोरोना संक्रमण भेटिएको हो । पूर्वी नवलपरासीका ६ जनाको चितवनमा उपचार भइरहेको छ । संक्रमितमा लमजुङका एक बालकबाहेक सबै भारतलगायत विदेशबाट आएकाहरु हुन् ।

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस