चप्पल लगाउनेले गणतन्त्र ल्याए, टाइ सुटवालाले फाइदा लु,टे – रामकुमारी झाँक्री

रामकुमारी झाँक्री
    २० जेष्ठ २०७७, मंगलवार १६:४२  मा प्रकाशित
39 जनाले पढ़िसके

प्रतिक्रिया




    कतैकतै भित्तामा लेखिएको थियो राजतन्त्र वि रोधी नारा। म त्यसबेला आफूभन्दा ठूला दाइसँग पनि राजनीतिक कार्यक्रममा जान्थेँ ।समाजको असमानता भन्ने कुरा मैले सानैमा बुझेकी थिएँ। तर, कस्तो हुन्छ भन्ने बुझेको थिइनँ। जब राजनीतिक सम्पर्कमा पुगेँ, त्यसपछि बोध भयो। राजनीतिक हिसाबले सचेत भएँ। त्यसपछि अनेरास्ववियुमा काम गरे। बहुदल आएपछि पार्टी गतिविधिमा सामेल भएँ।

    गणतन्त्रको स्पेस छ भन्ने कुरा मदन भण्डारीको थियो। उहाँले भन्नुभएको थियो- ‘राजतन्त्र रहे वा नरहे केही फरक पर्दैन, उसले जनताको अधिकार खोस्दैन भने केही हुँदैन।’ त्यो भाषण हाम्रा लागि गाइड लाइन भयो।२०५८ जेठ १९ सम्मको समय आउँदा हाम्रो विचार फरक भयो। हामीले प्रजातन्त्रका लागि कति लड्ने? भनेर सोच्यौं। एक पटक दिने अर्को पटक खोस्ने भन्ने भइरहेको कुरालाई मनन गर्‍यौं।

    २०५९ असोजमा भएको राजाको घोषणापछि अनेरास्ववियुले आन्दोलन गर्‍यो। नि रं कुश राजतन्त्र मु र्दा बाद भन्ने नारा लाग्न थाल्यो। त्यसबेलासम्म हामीलाई मिडियाले पनि धेरै स्पेस दिएको थिएन।जब मिडियामा बढी सेनसरसिप हुन थाल्यो त्यसपछि हामीले स्पेस पाएका थियौं। अहिलेको जस्तो सोसल मिडिया थिएन तर मूलधारको मिडिया र मिसन मिडिया सक्रिय थियो।

    ५९ साल असोज १९ गतेपछि चर्चा चल्यो- पार्टीहरुले केही गर्न सक्दैनन् राजा नै ठिक थिए। यो राजनीतिक दलमाथि चुनौती थियो। त्यसबेला दलहरूभन्दा अगाडि हामी विद्यार्थी रह्यौं। हामी विद्यार्थी एक भएर बस्यौं र आन्दोलन गर्‍यौं।त्यसपछिका कदमले ६२-६३ को आ न्दो लनसम्म पुर्‍यायो। त्यस बीचमा बुद्धिजीवी, पत्रकार, व्यापारीहरू राजाको घरमा पनि पुगेका थिए। भोज खाएका थिए। माघ १९ पछि जुन बेला थोरै मान्छे सडकमा थिए त्यस बेलालाई सम्झिन्छु।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस