यिनै हुन कोदालो प्रहार गरेर रुपन्देहीमा ५ जनाको विभत्स हत्या गर्ने - सिधा मिडिया






यिनै हुन कोदालो प्रहार गरेर रुपन्देहीमा ५ जनाको विभत्स हत्या गर्ने

हत्याको आशंकामा एक जना पक्राउ
    २७ जेष्ठ २०७७, मंगलवार ११:३८  मा प्रकाशित
605 जनाले पढ़िसके









स्याङ्जा। रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। हत्या गरिएकामा एक महिला र चार पुरुष छन्।

घटनास्थल गाई फार्म नजीकै भेटिएका झपेन्द्र सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए। उनी सोही फार्ममा कार्यरत रहेको बताइएको छ।

घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले स्थानीयवासी कृष्णबहादुर पुनको गङ्गादेवी पशु फार्ममा काम गर्ने रुपन्देही सैनामैनाका ४० वर्षीय माधव मुसहर र ३७ वर्षीया जानकी मुसहरसहित तिलोत्तमा –९ का १४ वर्षीय पोखराज मुसहर, १५ वर्षीय आशिष चौधरी र १६ वर्षीय करण चौधरीको हत्या भएको जानकारी दिए।

उनका अनुसार अभियुक्तले खेत खन्ने फरुवा प्रहार गरी हत्या गरेका थिए। मृतकमध्येका माधव र जानकी दम्पती हुन्। उनीहरु सोही फार्ममा काम गर्दै आएका थिए।

हत्याको कारण अहिलेसम्म खुल्न सकेको छैन । पशु फारामका सञ्चालक पुनले फाराममा काम गर्ने मजदूरबीच अहिलेसम्म कुनै विवाद भएको आफूलाई थाहा नभएको बताएको सोही वडाका वडाध्यक्ष व्यासमुनि चौधरीले जानकारी दिए।

प्रहरीले हत्याको आशंकामा सुर्खेतका करिव ३२ वर्षीय युवक झपेन्द्र सिंह सिंजालीलाई नियन्त्रणमा लिएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस