स्याङ्जाको गल्याङमा बहुमुखी क्याम्पस क्वारेन्टाइन सरसफाइमा खटिएका दम्पतीलाई कोरोना

स्याङ्जामा कोरोनाबाट एक जनाको मृत्यु
    ३० जेष्ठ २०७७, शुक्रबार ११:४३  मा प्रकाशित
416 जनाले पढ़िसके








स्याङ्जा — गल्याङ नगरपालिकाको बहुमुखी क्याम्पस क्वारेन्टाइनमा सरसफाइ गर्ने २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा सरसफाइको काम गर्दै श्रीमान्–श्रीमती नै सरसफाइ गर्दै आएकोमा दुवैमा कोरोना पुष्टि भएका स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले बताए ।

उनले प्रदेशले निकालेको सूचीमा पुरुष मात्रै भनेको भए पनि नाम र उमेर भिडाउँदा प्रस्ट भएको जानकारी दिए ।



संक्रमित दुवै जनाले क्वारेन्टाइनमा सुरुदेखि नै सरसफाइ गर्दै आइरहेका थिए । उनीहरुको सम्पर्कमा आएकाको पनि खोजी जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्याङ्जामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना देखिएको छ । जसमा स्याङ्जामा मात्रै दुई बालबालिकासहित २२ जनामा शुक्रबार कोरोना देखिएको छ । स्याङ्जामा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । यसअघि बाहिरबाट आएका व्यक्तिहरुमा संक्रमण पुष्टि भए पनि शुक्रबार जिल्लामै रहेका २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस