प्रधानमन्त्रीलाई उपेन्द्र यादवको प्रश्नः महाकाली सन्धिमा राष्ट्रघात किन गरेको ?

उपेन्द्र यादव
    ३१ जेष्ठ २०७७, शनिबार १५:४५  मा प्रकाशित
114 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जा : समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको बताएका छन् । यसका लागि कांग्रेस र कम्युनिस्टका नेताहरूले माफी माग्नुपर्ने उनले बताए ।

    लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले सुगौली सन्धि आफैँमा अपमानजनक भएको बताए । तर काली (महाकाली) नदीलाई सीमा नदी मानेको र पश्चिमको भागमा नेपालले आफ्नो दाबी छोड्ने प्रष्ट देखिएको बताए ।

    तर महाकाली सन्धिको प्रस्तावनामा नै ‘महाकाली नदीको अधिकांश भाग दुई मुलुकको सीमा नदी भएको स्वीकार गर्दै’ भन्ने लेखिएको उनले बताए । महाकाली सन्धि गर्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समेत रहेका भन्दै उनले भने जवाफ दिनुपर्‍यो सुगौली सन्धिभन्दा राष्ट्रिय हितमा पछाडि किन हटेको ?’

    कांग्रेस र कम्युनिस्ट नेताहरूलाई ‘राष्ट्रवादको नारा दिन्छौं, मधेशीहरूलाई गाली गर्छौं तर राष्ट्रघात हामी आफैँ गर्छौं भनेर जनतासँग माफी माग्न आग्रह गरे ।

    समाजवादी पार्टीका अध्यक्ष यादवले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय समेत आफ्नो पार्टीले गरेको समेत बताए ।– अनलाइनखबर

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस