स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते - सिधा मिडिया





स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

    ३१ जेष्ठ २०७७, शनिबार १६:०७  मा प्रकाशित
369 जनाले पढ़िसके








स्याङ्जा : भीरकोट नगरपालिका-५ स्वरेकको नेटामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

भीरकोट नगरपालिकाको बयँरघारी बजारबाट स्वरेक हिडेको ग २ च २३७३ नम्बरको महेन्द्रा जीप दुर्घटना हुदाँ १६ वर्षीया दुर्गा अर्यालको निधन भएको छ। त्यस्तै अन्य ६ जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरी उपरीक्षक विमलराज कणेलले जानकारी दिए।

अर्यालको उपचारका क्रममा कालिका अस्पताल हेलुमा निधन भएको हो। घाइते हुनेमा शान्ति अर्याल, गीता अर्याल, पार्वती अर्याल, शोभा अर्याल, हिमकुमारी अर्याल र सुषमा अर्याल रहेका छन्। उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जीप सडकभन्दा १५/२० मिटर तल खसेको छ। जीप चालक प्रहरी नियन्त्रणमा छन्। उनीहरु सबै एकाघरका नातेदार रहेको बताइएको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस