स्याङ्जामा दुई महिला सहित थपः ९ जनामा कोरोना, गण्डकी प्रदेशमा आज मात्रै ७२ संक्रमित - सिधा मिडिया






स्याङ्जामा दुई महिला सहित थपः ९ जनामा कोरोना, गण्डकी प्रदेशमा आज मात्रै ७२ संक्रमित

    ४ असार २०७७, बिहीबार ०९:५९  मा प्रकाशित
565 जनाले पढ़िसके









स्याङ्जा – स्याङ्जामा  २ महिला सहित थपः ९ जनामा कोरोना  संक्रमित थपिएका छन् । यो संगै स्याङ्जामा  कोरोना देखिनेको संख्या ७३ पुगेको छ। स्याङ्जामा आज कोरोना देखिने सबै भारत बाट फर्किएका हुन् । कालिगण्डकी गाउपालिकामा  ५ जना र  आधिखोला गाउपालिकामा ४ जना रहेका छन् । कोरोना देखिनेको नाम , बतन, स्थान गोप्य राखे पनि उमेर भने खुलाईएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउपालिकामा देखिने ५ जनाको  उमेर क्रमश : २१ / ३ ३ / २६ / ३० / १८ वर्ष सबै पुरुष हुन् । यस्तै स्याङ्जाको आधिखोला गाउपालिकामा देखिनेमा  ४ जना मध्य २ जना महिला रहेका छन् । उनिहरुको उमेर क्रमश : १३ / १९ वर्ष पुरुष र ७२/ ३४ वर्षका महिला रहेका छन् ।

गण्डकी प्रदेशमा आज मात्रै ७२ नँया कोरोना संक्रमित थपिएका छन् ।  सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसनमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम प्रबक्ता तथा निर्देशक डा. विनोद विन्दु शर्माले सिधा मिडियालाई जानकारी दिनुभयो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस