स्याङ्जामा थपः २ जनामा कोरोना, संक्रमितको संख्या ७५ पुग्यो !

    ५ असार २०७७, शुक्रबार ०६:४३  मा प्रकाशित
470 जनाले पढ़िसके








स्याङ्जा – स्याङ्जामा  थपः २ जना कोरोना  संक्रमित थपिएका छन् । यो संगै स्याङ्जामा  कोरोना देखिनेको संख्या ७५ पुगेको छ। स्याङ्जामा आज कोरोना देखिने सबै भारत बाट फर्किएका हुन् । कालिगण्डकी गाउपालिकामा  १ जना र  पालिका नखुलेकोमा १ जना रहेका छन् । कोरोना देखिनेको नाम , बतन, स्थान गोप्य राखे पनि उमेर भने खुलाईएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउपालिकामा थपः देखिने १ जनाको  उमेर ३६ वर्षका पुरुष हुन् । यस्तै स्याङ्जाको पालिका नखुलेकोमा देखिने  १ जना मध्य  उमेर ६३ वर्षका पुरुष  रहेका छन् ।



गण्डकी प्रदेशमा आज मात्रै २४ नँया कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा कोरोना लाग्नेको जम्मा संख्या ३४८ पुगेको छ । थप भएका नयाँ २४ जना   सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसनमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम प्रबक्ता तथा निर्देशक डा. विनोद विन्दु शर्माले सिधा मिडियालाई जानकारी दिनुभयो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस