स्याङ्जामा थपः १ जनामा कोरोना, गण्डकी प्रदेशमा शनिवार थपिए ५८ कोरोना संक्रमित - सिधा मिडिया





स्याङ्जामा थपः १ जनामा कोरोना, गण्डकी प्रदेशमा शनिवार थपिए ५८ कोरोना संक्रमित

    ६ असार २०७७, शनिबार ०८:५५  मा प्रकाशित
325 जनाले पढ़िसके








स्याङ्जा । गण्डकी प्रदेशमा शनिवार थप ५८ जना कोरोना संक्रमित पुष्टि भएको छ । नयां थपिएका संक्रमितसंगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ सय ३८ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिवार बिहान प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशका सात जिल्लामा थप ५८ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको छ । विज्ञप्ती अनुसार नयां थपिएका कोरोना संक्रमितहरुमा तनहुँमा २५ जना, नवलपुरमा १६ जना, बाग्लुङमा ८ जना, गोरखामा ५, कास्कीमा २ जनाका साथै म्याग्दी र स्याङ्जामा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये एक जना महिला, एक जना नाबालक र एक जना नाबालिका रहेका छन् भने बांकी सबै पुरुष हुन् । संक्रमित पुरुषहरुमा १६ देखि ४७ वर्ष उमेर समूहका रहेको विज्ञप्तीमा जानकारी दिइएको छ ।

नयाँ संक्रमितहरुमध्ये तनहुँको ऋषिङ गाउँपालिकाका २१ जना छन् । उनीहरु १ वर्षको बालकदेखि ३७ वर्ष उमेर समूहका युवाहरु छन् ।

यस्तै ब्यास नगरपालिकामा २४ र २८ वर्षका दुई जना पुरुष तथा शुक्लागण्डकी नगरपालिकाका ३५ र २२ वर्षका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

नवलपुर जिल्लाका १६ संक्रमितहरुमध्ये बुलिङटार गाउँपालिकाका ११ जना छन् । उनीहरु १७ वर्षदेखि ३७ वर्ष उमेर समूहका पुरुषहरु हुन् । यस्तै मध्यविन्दु नगरपालिकाका २५ र ४५ वर्ष उमेर समूहका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

नवलपुरकै बौदीकाली गाउँपालिकाका ४७ वर्षीय पुरुष, विनयत्रिवेणी गाउँपालिका २१ वर्षीय पुरुष र देवचुली नगरपालिकाका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ ।

बाग्लुङको काठेगाखोला गाउँपालिकामा ७ जना पुरुष र एक जना महिला गरी ८ जना नयाँ संक्रमित फेला परेका छन् । उनीहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् ।

यस्तै गोरखाको भीमसेन नगरपालिकामा ३६, ३३, २२, ३५ र २८ वर्षका पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीको मादी गाउँपालिका ४१ वर्षीय पुरुष र १९ महिनाकी बालिकामा पनि कोरोना पुष्टि भएको छ ।

यसैगरी म्याग्दीको मालिका गाउँपालिकामा ३० वर्षीय पुरुष र स्याङ्जाको पालिका नखुलेको २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस