स्याङ्जाको चापाकोटमा १ महिला सहित ६ जनामा कोरोना पुष्टि, स्याङ्जामा थपः १० जनामा कोरोना

    ७ असार २०७७, आईतवार १४:१६  मा प्रकाशित
510 जनाले पढ़िसके








स्याङ्जा- स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा थपः १ महिला सहित ६ जनामा कोरोना पुष्टि भएको छ ।  भारत बाट फर्किएर चापाकोट नगरपालिकाको बिभिन्न क्वारेन्टाइनमा बस्दै आएकामा कोरोना फेला परेको हो । यस अघि पनि २ पटक ४ – ४ जना गरी ८ जनामा कोरोना देखिसकेको थियो ।

यो संगै चापाकोट नगरपालिकामा कोरोना लाग्नेको संख्या १४ पुग्यो । आज कोरोना देखिने कुन क्वारेन्टाइनको नाम, बतन खुलाईएको छैन । कोरोना  देखिने महिलाको उमेर ३० वर्ष हो भने पुरुषहरुको उमेर क्रमशः १८, २१, २१, २१, ३३ रहेको छ ।



संक्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले सिधा मिडिया लाई बताउनु भयो ।

यस्तै भर्खरै स्याङ्जाको गल्याङ नगरपालिकामा पनि थपः ४ जनामा कोरोना देखिएको छ । गल्याङमा थप कोरोना देखिनेको उमेर क्रमशः २०, २६, ४६, वर्षका पुरुष हुन् भने १ जना महिलाको उमेर ४५ वर्ष रहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस