स्याङ्जाको चापाकोटमा स्थानीयमा देखियो कोरोना, कतै सामाजिक दुरीको धजिया सहित रमाईलो - सिधा मिडिया






स्याङ्जाको चापाकोटमा स्थानीयमा देखियो कोरोना, कतै सामाजिक दुरीको धजिया सहित रमाईलो

    ७ असार २०७७, आईतवार १९:२४  मा प्रकाशित
1397 जनाले पढ़िसके









स्याङ्जा । गण्डकी प्रदेशको स्याङ्जामा थपः १० जनामा  कोरोना फेला परेको छ । सक्रमित मध्ये चापाकोटका १ जना स्थानीय बासिन्दा रहेको पुष्टी भएको छ ।

चापाकोट नगरपालिकामा ६ जना थपः कोरोनाका बिरामी फेला परेका हुन् ।  १ महिला र ५ पुरुष गरी ६ जनामा कोरोना सक्रमन देखिएको हो । थपिएका ६ जना मध्ये ५ जना भारतबाट आएर क्वारेन्टाईनमा बसेका र एक जना स्थानीय व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

चापाकोटमा समुदायस्तरमै कोरोना देखा परे पछी पुरा बजार शिल गर्ने आन्तरिक तयारी भईरहेको चापाकोट नगरपालिकाका सूचना अधिकारी विन्दु कोइरालाले जानकारी दिनुभयो । हाल चापाकोट बजार क्षेत्रमा प्रहरीले माइकिङ गरेर अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरिरहेको छ ।

चापाकोटमा संक्रमित व्यक्तिसंग सम्पर्कमा आएकाहरुको खोजी कार्य भोलि बिहानबाटै थालिने समेत जानकारी दिनुभयो ।

यस्तै चापाकोट नगरपालिका १० मा सरकारले तोकेको मापण्ड र लकडाउनको धजिया उडाउदै धेरै जना  समुदायका ब्यक्तिहरु माक्श बिना भेला भएर कालिगण्डकी किनारमा धार्मिक कार्यक्रम गरिरदा पनि चापाकोटको प्रशासन बेखबर छ । समुदाय स्तरमा कोरोना भाइरस देखा पर्दा समुदायका केहि जिम्वेवार व्यक्तिनै उक्त कार्यक्रममा सरीक छन् । चापाकोट १० को समुदायका केहि ब्यक्तिबाट  पुरै समुदायलाई खतरा देखिदा समेत प्रशासन बेखबर छ । यस तर्फ पनि संम्बन्धित निकाएको ध्यान जान जरुरी छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस