स्याङ्जा : गण्डकी प्रदेशमा सोमबार बिहान २० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए।
उनकाअनुसार स्याङ्जामा १२ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ८ जना कोरोना संक्रमित थपिएका हुन्। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ। शर्माकाअनुसार उनीहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन्।
हेर्नुहोस् विज्ञप्ति
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस