स्याङ्जा : स्याङ्जामा सोमबार साँझ ९ जना कोरोना संक्रमित थपिएका छन् । महिलासहित ८ पुरुष थपिएसँगै जिल्लामा संक्रमितको संख्या १०७ पुगेको छ। थपिनेमा अर्जुनचौपारी गाउँपालिकाका ६, कालीगण्डकी गाउँपालिकाका २ र वालिङ नगरपालिकाका एकजना छन्।
अर्जुनचौपारीका २५ वर्षीया महिला तथा ३०, ३०, २०, २१ र ५५ वर्षीय पुरुष, वालिङका २२ वर्षीय पुरुष तथा कालीगण्डकीका २१ र २५ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले जानकारी दिए।
स्याङ्जाका १०७ जना संक्रमितमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने एकको निधन भएको छ।एकजनाको पोखराको आइसोलेसनमा छन् भने अन्यलाई कालिका र गल्याङका आइसोलेसनमा राखिएका छन्।
यहाँका संक्रमितमध्ये गल्याङका २ जना, चापाकोटका १ जना र अर्जुनचौपारीका १ जना बाहेक सबै भारतबाट आएका हुन्।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस