आज ३ महिला र ३ पुरुष ६ जनाको मृत्यु, शोकमा डुब्यो परिवार !

सिधा मिडिया संवाददाता
    ११ असार २०७७, बिहीबार २१:०४  मा प्रकाशित
91 जनाले पढ़िसके

प्रतिक्रिया




    अविरल वर्षासँगै परेको चट्याङ लागेर आज ६ जनाको निधन भएको छ । चट्याङ्ग लागेर मकवानपुरमा दुई जना महिलाको आज निधन हो । निधन हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको छ । सम्झाना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै स्थानीय पूर्णबहादुर जिम्बाको घाइते १४ वर्षीय छोरा किरण जिम्बाको सो स्वास्थ्य चौकीमा उपचारको लागि भर्ना गरिएको छ । अविरल वर्षाले तरकारी बालिमा असर पारेको स्थानीय किसानको गुनासो छ ।

    त्यस्तै वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा चार जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीले सप्तकोशी नदीमा आज बिहान नुहाउन जाँदा कोशी पुल नजिक चट्याङ लागेर महदेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव निधन भएको जानकारी दिनुभयो ।

    यसैगरी खेतमा धान रोप्न गएको बेला चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका–९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका बेल्ही चपेनका ४५ वर्षीय केसी साहको आज नै निधन भएको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो ।

    राजगढ गाउँपालिका बेल्ही चपेनामा आफनो आँगंनमा काम गरिरहेको अवस्थामा १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छिन् । उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस