जानी राख्नुहोस् : बच्चाले सिक्का , गुच्चा ,एसिड , ब्याट्रीहरू वा तिखो्धारितो बस्तु निलेमा के गर्ने ? - सिधा मिडिया






जानी राख्नुहोस् : बच्चाले सिक्का , गुच्चा ,एसिड , ब्याट्रीहरू वा तिखो्धारितो बस्तु निलेमा के गर्ने ?

    १७ असार २०७७, बुधबार २१:२९  मा प्रकाशित
1270 जनाले पढ़िसके









उत्सुक र चकचके स्वभाव बच्चाहरूको गुण नै हो । सिक्का, गुच्चा, साना ब्याट्री लगायत अन्य धारिलो बस्तु उनीहरूले मुखमा हाल्छन् । गुच्चा निलेमा गोलो प्रकृतिको हुने भएकाले पेट, आन्द्रा हुदै दिसाबाट बाहिर निस्किन्छ । खानेनलीमा सिक्का अड्कियो भने तुरुन्त निकाल्नुपर्छ । पेटको भागमा बसिरहेको छ, अरु लक्षण देखाएको छैन भने ४ हप्ता कुर्न सकिन्छ । तर सिक्काको आकार ठूलो भएमा वा अन्य तिखो्धारितो बस्तु भएमा तुरुन्त निकाल्नुपर्ने हुन्छ ।

तर सिक्का आन्द्रामा पुगिसकेको भए जोखिम कम हुँदै जान्छ । सबैभन्दा खतरा भनेको बालबालिकाले ब्याट्रीहरू निल्नु हो । खेलौना र टिभीको रिमोटमा हुने साना ब्याट्री निलेमा त्यसमा भएको केमिकल बाहिर आउछ । त्यसले खानेनली फुटाउने र वरपरका अन्य अंगमा पनि असर गर्ने हुनसक्छ । ब्याट्री निलेमा सकेसम्म ४ घण्टाभित्र निकाल्ने प्रयास गर्नुपर्छ ।

कहिलेकाही बालबालिकाले एसिड निल्न सक्छ । त्यसको सामान्य असरस्वरुप बान्ता हुनसक्छ । तर अन्य असर नदेखिने भएकाले अभिभावकहरूले निको भएको ठानेर उपचार गर्दैनन् । एसिडले कालान्तरमा पनि असर देखिने भएकाले बच्चालाई ढिलो नगरी अस्पताल पुर्‍याउनुपर्छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस