अस्पतालमा बसेकी बिरामी कुरुवा युवतीको ओठमा चुम्बन गरेपछि ….

सिधा मिडिया संवाददाता
    १७ असार २०७७, बुधबार २१:३४  मा प्रकाशित
212 जनाले पढ़िसके

प्रतिक्रिया




    विराटनगर / सुनसरीको इटहरी उपमहानगरपालिका–४ की २१ वर्षीया युवती बिरामी बहिनीको रेखदेखका लागि विराटनगरको कोसी अस्पतालमा बसेकी थिइन् । महिला वार्डको २०२ नम्बर बेडमा उपचाररत बिरामीको कुरुवा बसेकी उनी पनि खाली रहेको अर्को २५८ नम्बरको बेडमा सुतेकी थिइन् । बेडमा निधाएकी उनको ओठमा बुधबार बिहान ३ बजेतिर कसैले एक्कासि चुम्बन गर्छ । ब्यूँझिएर हेर्दा अगाडि एक अपरिचित युवालाई हुन्छन् । उनले प्रतिकार गर्दै होहल्ला गर्न थालेपछि भ¥याङबाट हामफालेर भागेका युवालाई पहिचान गर्दै प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारका २२ वर्षीय सुरज मण्डल रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बिरामी कुरुवा बसेकी युवतीमाथि दुरव्यवहार गरेको पाइएपछि खोजी गरेर मण्डललाई पक्राउ गरिएको जानकारी दिए । रातको समयमा ती युवा कसरी अस्पतालको महिला वार्डमा पुग्न सके र बिरामी कुरुवामाथि दुरव्यवहार गर्न भ्याए भन्ने बारेमा पनि अनुसन्धान अघि बढाइएको राईले पूर्वेली न्यूजलाइ जानकारी दिए ।

    पक्राउ परेका सुरज पनि हेल्थ असिस्टेन (एचए) अध्ययन गरेका युवा हुन् । उनले केही समय अघि कोसी अस्पतालमै स्यंसेवकका रुपमा काम गरेको पनि पाइएको प्रहरीले जनाएको छ । उनी विरुद्ध परेको किटानी जाहेरीका आधारमा प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउन अनुसन्धान अघि बढाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस