सोमबारदेखि सरकारले रेडियो र टिभीबाट पढाउन सुरु गर्ने, कुन कक्षाको कति बजे हेर्नुहोस् - सिधा मिडिया






सोमबारदेखि सरकारले रेडियो र टिभीबाट पढाउन सुरु गर्ने, कुन कक्षाको कति बजे हेर्नुहोस्

    २१ असार २०७७, आईतवार २०:५७  मा प्रकाशित
793 जनाले पढ़िसके









लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीका लागि सरकारले असार १ गतेदेखि रेडियो तथा टिभीबाट पढाउन सुरु गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने बताइएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ सोमबारदेखि टिभीमा सुरु हुने रुटिन निकालिसकिएको छ । असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु एनटिभी प्लसबाट पढाइ हुने छ । त्यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ ।

विद्यालय तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाइ सहयोगी सामग्री पनि बनाइएको केन्द्रले जनाएको छ ।

कक्षा ६ देखि ८ सम्मलाई टार्गेट गरेर कान्तिपुर एफएमले पनि भोलिबाट हप्ताको पाँच विषयगत पाठ पढाउन सुरु गर्ने तथा रेडियो नेपालबाट भोलिदेखि नै कक्षा ९ र १० को सामग्री प्रसारण हुँदैछ । अरु थुप्रै स्थानीय एफएमबाट प्रसारण गर्ने तयारी पनि स्थानीय तहहरुले गरिरहेका छन् ।

कुन कक्षाको कति बजे हेर्नुहोस्

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस