कक्षा ११ को बोर्ड परीक्षा हुन्छ कि हुदैन ? सरकारले बल्ल गर्यो यस्तो निर्णय - सिधा मिडिया





कक्षा ११ को बोर्ड परीक्षा हुन्छ कि हुदैन ? सरकारले बल्ल गर्यो यस्तो निर्णय

    २१ असार २०७७, आईतवार २१:२३  मा प्रकाशित
796 जनाले पढ़िसके








यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन निर्णय गरेको हो ।विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । यसअघि कक्षा ११ को परीक्षा बोर्डले सञ्चालन गर्ने गथ्र्यो ।

कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए ।बोर्डले कार्यविधि बनाएपछि सम्बन्धित विद्यालयले विद्यार्थीलाई अंक प्रदान गर्ने उनले बताए । कक्षा १० मा अर्थात एसईई पनि आन्तरिक मूल्याङ्कनको आधारमा विद्यालयले अंक दिने, शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गर्ने र बोर्डले प्रमाणित गरी प्रमाणपत्र दिने व्यवस्था गरिएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस