देवरानीले जेठानीको फेसबूकबाट आफ्नै संवेदनशील अंगको फोटो अरूलाई पठाइन्

सिधा मिडिया संवाददाता
    २२ असार २०७७, सोमबार १४:३०  मा प्रकाशित
239 जनाले पढ़िसके

प्रतिक्रिया




    शान्तिनगरमा बसोबास गर्दै आएका देवरानी सम्झना (नाम परिवर्तन) र जेठानी एन्जिला (नाम परिवर्तन) को सम्बन्ध राम्रै थियो। परिवार भित्र कसले कसलाई आदर गर्ने भन्ने विषयमा उनीहरु बीच मनमुटाव सुरु भयो।
    उनीहरु सम्बन्ध राम्रो रहँदा एकले अर्काको फेसबुक खोलेर चलाउँथे। एन्जिलालाई सासुससुराले अलि बढी माया गरेको भान सम्झनालाई पर्न थाल्यो। उनले जेठानीलाई कसरी तह लगाउने भनेर सोच्न थालिन्। एन्जिलाको फेसबुक एकाउन्टको पासवर्ड सम्झनालाई थाहा थियो।

    गलत हर्कत अपनाउन सम्झनाले एन्जिलाको फेसबुक रोजिन्। जुन घटना प्रहरीसम्म पुग्ला भन्ने उनले सोचेकीसम्म थिइनन्।

    सम्झनाले आफ्नै संवेदनशील अंगको फोटो खिचेर एन्जिलाका फेसबुक फ्रेन्डहरुलाई पठाउन थालिन्। फेसबुकको पासवर्ड फेरेर सम्झनाले गरेको उक्त हर्कतबारे एन्जिला बेखबर थिइन्।
    लगातार एन्जिलाका साथीहरुलाई त्यस्ता फोटो र भिडियो पुग्न थाले। एन्जिलालाई दिदी भनेर सम्बोधन गर्ने एक युवकको फेसबुकमा सम्झनाले पठाएको सन्देश पुग्यो।

    ती युवकलाई सन्देश पठाउँदा सम्झनाले शारीरिक सम्बन्ध राख्न चाहेकोसम्म लेखेर पठाएकी थिइन्। ती युवक अचम्ममा परेर आफूले दिदी मानेकी एन्जिलाको फेसबुकबाट त्यस्तो सन्देश आएपछि त्यसबारे एन्जिलालाई फोन गरेर सोधे।
    तब मात्र एन्जिला छाँगाबाट खसेजस्तै भइन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस