देशैभर वदली रहने, केही प्रदेशमा भारी बर्षाको संभावना

सिधा मिडिया संवाददाता
    २२ असार २०७७, सोमबार १४:४४  मा प्रकाशित
60 जनाले पढ़िसके

प्रतिक्रिया




    सोमबार देशभर अधिकांश क्षेत्रमा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापिय क्षेत्र रहेको छ ।

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

    सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश-५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश-१, प्रदेश-२ का केहि स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश-५, गण्डकी प्रदेश र प्रदेश-१ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

    राति देशभर साधारणतया बदली रहनेछ । प्रदेश-५, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश-१, प्रदेश-२, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश-५, गण्डकी प्रदेश र वागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यो क्रम अझै केही दिन चल्ने महाशाखाले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस