रुसलाई पछि पार्दै भारत बन्यो विश्वमै बढी कोरोना संक्रमित भएको तेस्रो मुलुक - सिधा मिडिया





रुसलाई पछि पार्दै भारत बन्यो विश्वमै बढी कोरोना संक्रमित भएको तेस्रो मुलुक

    २२ असार २०७७, सोमबार १५:११  मा प्रकाशित
527 जनाले पढ़िसके








भारत, विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित भएको देशको तेस्रो स्थानमा उक्लेको छ । रुसलाई उछिनेर भारत तेस्रो स्थानमा पुगेको हो ।

केही दिनयता लगातार उच्च संख्यामा कोरोना संक्रमित थपिइरहेको भारतमा आइतबार मात्रै झन्डै २५ हजार जना संक्रमण पुष्टि भएको थियो।

सोमबार बिहानसम्म वल्डओमिटरको तथ्यांकअनुसार भारतमा संक्रमितको कूल संख्या ६ लाख ९७ हजार ८ सय ३६ पुगेको छ। तीमध्ये १९ हजार ७ सय जनाको मृत्यु भइसकेको छ भने ४ लाख २४ हजार ८ सय ९१ बिरामी निको भएका छन्। भारतमा संक्रमणको वास्तविक चित्र अझै थाहा नभएको विज्ञले बताएका छन्।

अहिले विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा छ भने दोस्रोमा ब्राजिलमा छ। अमेरिकामा २९ लाख ८२ हजारभन्दा बढी र ब्राजिलमा १६ लाख ४ हजारभन्दा बढी कोरोना सङ्क्रमित छन् ।

यस्तै पाकिस्तान १२ औँ बढी सङ्क्रमित भएको देश बनेको छ । पाकिस्तानमा २ लाख २८ हजारभन्दा धेरै सङ्क्रमित छन् । -एजेन्सी-

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस