ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिनुभएको हो ।
उच्च ज्वरोका कारण सोमबार उहाँले कोरोना भाइरसको परीक्षण गराउनुभएको थियो । मंगलबार आएको रिपोर्टमा उहाँलाई कोरोना भाइरसको संक्रमण देखिएको उल्लेख गर्दैयसमा डराउनुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।
उहाँ मास्क र सामाजिक दूरीको पक्षमा नभएको भन्दै आलोचना हुने गरेको थियो । ब्राजिल कोरोना भाइरसको संक्रमणका हिसाबले अमेरिकापछि संसारको सबैभन्दा बढी प्रभावित मुलुक हो । ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण ६६ हजारभन्दा बढीको ज्यान गुमिसकेको छ । -एजेन्सी-
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस