सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद समेत गुम्याे

सिधा मिडिया संवाददाता
    २४ असार २०७७, बुधबार ०९:३९  मा प्रकाशित
50 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं / समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको कारवाहीसँगै गिरीकाे सांसद पद समेत गुमेको छ ।

    पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार निर्णय भएको एक नेताले जानकारी दिए ।

    लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस