ऐश्वर्या र आराध्यालाई पनि कोरोना संक्रमण - सिधा मिडिया






ऐश्वर्या र आराध्यालाई पनि कोरोना संक्रमण

    २८ असार २०७७, आईतवार २१:१९  मा प्रकाशित
289 जनाले पढ़िसके









एजेन्सी / बलिउड नायक अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनको परिवारको पनि कोरोना परिक्षण गरिएको थियो । पहिलो पटक गरिएको परिक्षणमा नायिका ऐश्वर्या राय बच्चन, उनकी छोरी आराध्या बच्चन र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो ।

तर, दोश्रो पटक गरिएको परिक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको छ । योसँगै होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् ।
आज बिहान गरिएको एन्टिजन टेष्टमा उनीहरुको रिपोर्ट नेगिटिभ आएको थियो । दुबैमा सामान्य लक्षण रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । नायक अभिषेक बच्चनले यो परिस्थितीमा नआत्तिन सबैसँग अपिल गरेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस