एकै दिन १७ सय जनाले जिते कोरोना, ६०.७ प्रतिशत निको

सिधा मिडिया संवाददाता
    २९ असार २०७७, सोमबार २०:३६  मा प्रकाशित
62 जनाले पढ़िसके

प्रतिक्रिया




    नेपालमा थप १ हजार ७ सय ५ जनाले कोरोना जितेका छन् ।

    सोमबार १ सय ४४ जना नयाँ संक्रमित थपिएकोमा ठूलो संख्यामा उपचारपछि निको भएर घर फर्किएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निको हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ भने संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ ।

    सोमबार एकै दिन धेरै संख्यामा संक्रमितहरु कोरोनामुक्त भएका हुन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस