काठमाडौँ उपत्यकामा चल्न थाले सार्वजनिक सवारी - सिधा मिडिया





काठमाडौँ उपत्यकामा चल्न थाले सार्वजनिक सवारी

    २९ असार २०७७, सोमबार २०:३८  मा प्रकाशित
237 जनाले पढ़िसके








काठमाडौँ उपत्यकामा छिटफुट सार्वजनिक सवारी साधन चल्न थालेका छन् ।

मयुर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातका बसहरु सोमबार सञ्चालनमा आएका हुन् ।

बसमा यात्रुको संख्या निकै कम थियो भने सरकारले तोकेको मापदण्डअनुरुप सेनिटाइजर प्रयोग गरिएको थियो ।

त्यस्तै, यात्रुहरुले सामाजिक दूरी कायम गरेका थिए । सरकारले ५० प्रतिशत यात्रु राखेर र स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गरेर सार्वजनिक सवारी चलाउन अनुमति दिएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस