विधि, प्रक्रियाबाट अध्यक्ष र प्रधानमन्त्री बनेको व्यक्तिले राजीनामा दिँदैनः ईश्वर पोखरेल

सिधा मिडिया संवाददाता
    २९ असार २०७७, सोमबार २०:४७  मा प्रकाशित
52 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं, २९ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले विधि र प्रक्रियाबाट आएको प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् ।

    नेपाली रेडियो नेटवर्कमा सोमबार कुरा गर्दै पोखरेलले प्रधानमन्त्री ओलीले कुनै पनि पदबाट राजीनामा नदिने बताए । उनले भने, ‘ओलीज्यूले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनु हुँदैन ।’

    ओलीले राजीनामा दिँदा देश र पार्टीको हित नगर्ने उनले बताएका छन् । पोखरेलले लहडका भरमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्नु उचित नभएको बताए ।

    ‘कुनैपनि चिज लहरमा हुँदैन’, पोखरेलले भने, ‘ओलीज्यू विधि र प्रक्रियाबाट अध्यक्ष र प्रधानमन्त्री भएको मान्छे हो ।’

    ‘निर्वाचित हो । यो प्रक्रिया भुलेर हट भनेर देश र पार्टीको हित गर्दैन’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘सबै दललाई एकताबद्ध गरेर ओलीज्यूले नै नेपालको नयाँ नक्सा जारी गर्नुभएको छ । यस्तो अवस्थामा पार्टीभित्रैबाट राजीनामा माग्नु उचित होइन ।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस