हात्तीको दुवै प्रतिमा नारायणी नदीले वगायो, बाढी हेर्नेको घुइँचो

सिधा मिडिया संवाददाता
    ६ श्रावण २०७७, मंगलवार २१:१५  मा प्रकाशित
87 जनाले पढ़िसके

प्रतिक्रिया




    नारायणी नदीमा आएको बाढीले नारायणगढको प्रदर्शनी मार्गमा सजाइएको दुई वटै हात्तीको प्रतिमा बगाएको छ । दुई दिनदेखि निरन्तर भइरहेको वर्षाले नारायणीको बहाव बढिरहेको छ । जल मापन केन्द्र देवघाटकाअनुसार पानीको सतह ९.१२ मिटर पुगेको छ ।

    यस्तै नारायणी पुल तर्फ पानीको सतह अहिले १२.१४ पुगेको छ । खतराको सतह पार गरेपछि सचेत रहन चितवन प्रशासनले आग्रह गरेको छ । हात्तीको प्रतिमा बगाउने डरले डोरीले बाँधेर राखिएको थियो । तर बहाव बढेसंगै डोरी चुढाएर प्रतिमा बगाएको हो ।

    उता , भरतपुर महानगरपालिका-२६ का तीन गाउँमा नारायणी नदी पसेको छ । अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ्दै गएपछि भगडी, सिसुवार र सिसै भन्ने गाउँमा नारायणीको बाढी पसेको वडा अध्यक्ष ज्ञानप्रसाद खनाललजानकारी दिनुभयो ।

    अहिले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा राखिएको उहाँले बताउनुभयो । नारायणी नदीमा पानीको बहाव बढेपछि अहिले नारायणी नदीको पुलमाथि बसेर बाढी हेर्नेको घुइँचो बढेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस