स्याङ्जाको चापाकोट किसानमा दुर्लभ प्रजातिको अजिङ्गर फेला

अजिङ्गर रहेको ठाउँमा नजान, नजिस्क्याउन र अनावश्यक भीडभाड नगर्न स्थानीयवासीलाई अनुरोध
सिधा मिडिया संवाददाता
    ९ श्रावण २०७७, शुक्रबार १७:२९  मा प्रकाशित
776 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जा: स्याङ्जाको चापाकोट नगरपालिका १० मा आज दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ । चापाकोट नगरपालिका १० को  किसान भन्ने ठाउँमा फलेदाका रुखमा दुर्लभ प्रजातिको उक्त अजिङ्गर देखेपछि खेतमा पानी लगाउन गएका स्थानीयवासीले देखेर डिभिजन वन कार्यालय स्याङ्जा तथा ईलाका प्रहरी कार्यालय चापाकोट क मा खबर गरेका थिए ।

    डिभिजन वन कार्यालय स्याङ्जाका डिभिजनन वन अधिकृत कोमलराज काफ्लेले सूचना पाएसँगै नजीकैको सब डिभिजन वन कार्यालय चापाकोट दामाचौरबाट कर्मचारी पठाइएको बताए । सो अजिङ्गर झण्डै १० फुट लम्बाइ र २५/३० केजी तौलको रहेको जनाइएको छ । “कालीगण्डकी नदी नजीकै रहेकाले पनि अजिङ्गर त्यतैबाट आएको हुन सक्छ, यो प्रजातिको अजिङ्गर पानीमा पौडिन र रुखमा सजिलैसँग चढ्न सक्ने खालको हुन्छ”, काफ्लेले भने, “यो संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत भएकाले पनि यसलाई सुरक्षित गर्नेतर्फ लागिरहेका छौंँ ।”

    अजिङ्गर रहेको ठाउँमा नजान, नजिस्क्याउन र अनावश्यक भीडभाड नगर्न स्थानीयवासीलाई अनुरोध गरिएको वडा नं १० का वडाध्यक्ष रामु कोइरालाले बताए। यो समाचार तयार गर्दा सम्ममा  उक्त दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको स्थानमा रहेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस